जिल्ला प्रशासन दाङका कर्मचारीमा कोरोना पुष्टि

0
405

भदौ १६,२०७७ दाङ :  जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवा बाहेका अन्य सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दा बाहेका अन्य सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

SHARE