झोलुङ्गे पुलमा फलामे बार र ताल्चा

0
261

भदौ १६, २०७७ म्याग्दी :  कोरोना भाइरस संक्रमणलाई फैलिन नदिन मानिसहरुको धेरै आउजाउ हुने म्याग्दीको सदरमुकाम बेनी प्रवेश झोलुङ्गे पुलमा फलामको बार लगाई ताल्चा ठोकिएको छ।

छिमेकी जिल्ला बाग्लुङमा समुदायस्तरमा नै कोरोना फैलिएकाले बाग्लुङका साथै अन्य जिल्लाबाट समेत आवतजावतलाई कडाइ गर्ने निर्णयअनुसार कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसीएमसी म्याग्दीले झोलुङ्गे पुलमा ताल्चा लगाएर कडाइ गरेको हो।
उक्त पुलबाट सर्वसाधारणको आवतजावत बढ्न गई कोरोनाको संक्रमण बढ्न जाने खतरा भएकाले पुल पूर्णरुपमा बन्द गरिएको सिसिएमसीले जनाएको छ।

SHARE