चन्द्रकोट गाउँपालिका सिल

0
720
चन्द्रकोट गाउँकार्यपालिकाको कार्यालय तस्विर : खवरमार्केट

भदौ १५,२०७७ गुल्मी :  चन्द्रकोट गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै पुरै गाउँपालिका सिल गर्ने निर्णय भएको छ ।
सोमबार बसेको स्थानीय कोरोना रोग नियन्त्रण रोकथाम समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि पुरै गाउँपालिका सिल गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
यहि भदौ ६ गते ४७ जनाको समुदाय स्तरमा गरिएको नमूना परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको हो । जसमा जनप्रतिनिधि लगायत रहेको गाउँपालिकाले जनाएको छ ।

तोकिएको समय अबधि भित्र गाउँपालिकामा हुने सबै आवत जावत पूर्ण रुपमा निषेध गरिएको छ । उक्त अबधिभर आकस्मिक स्वास्थ्य सेवा बाहेक सबै प्रकारका कार्यहरु बन्द रहने गाउँपालिकाले जनाएको छ । संक्रमितहरुको सम्पर्कमा आएकाहरुको भोली नै स्वाव कलेक्सन गर्ने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमितहरुमा कुनै लक्षण नदेखिएको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको गाउँपालिकाले जनाएको छ ।

SHARE