गुल्मीका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

0
366

भदौ १५,२०७७ गुल्मी :  गुल्मीमा सोमबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा इश्मा गाउँपालिकाका ५ जना र चन्द्रकोट गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
इश्मा गाउँपालिका ३७ र ६६ बर्षका महिलाहरु र १५,१७,१९ बर्षका पुरुषहरु रहेका छन् । यस्तै चन्द्रकोट गाउँपालिकाका २२,२७,२८ बर्षका महिलाहरु र ३८, ५१,६१र ६६ बर्षका पुरुषहरु रहेका छन् । यो संगै गुल्मीमा कोरोना संक्रमितको संख्या चारसय पुगेको छ भने संक्रमणका कारण तीन जनाको ज्यान गईसकेको छ ।
संक्रमितहरु मध्ये ३६६ जना उपचारपछि निको भएर घर फर्किका छन् ।

SHARE