गुल्मीका नौ सय बिपन्नलाई निशुल्क बिद्युत मिटर बितरण

0
616
नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गुल्मी कार्यालयको तस्विर : तिलाचन पाण्डे

भदौ १५, २०७७ गुल्मी : नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र गुल्मीले जिल्लाका नौ सय बिपन्न परिवारका लागि निशुल्क रुपमा बिधुत मिटर बितरण गरेको छ ।

जिल्लाका १२ स्थानीय तहका बिपन्न परिवारहरु बिधुत मिटर लिन नसकेर बत्तीमुनीको अध्यारोमा बस्न नपरोस भनेर निशुल्क रुपमा मिटर उपलब्ध गराएको नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्रका प्रमुख नारायण अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार जिल्लामा गत आर्थिक बर्षमा स्थानीय तहकोे सिफारिसको आधारमा नौ सय मिटर बितरण गरेको र त्यी धुरीहरुको घरमा उज्यालो भएको दाबी गरे । एउटा मिटरका लागि अहिले दूई हजार एक सय रुपैयाँ तिर्नुपर्दछ ।


घर नजिकबाटै बिद्युतको पोल तार गएपनि बिपन्न भएकै कारण घरवरपर बिधुत बल्दा पनि उनीहरुको घर अध्यारै थियो उनीहरुलाई पनि घर उज्यालो बनाउने रहर रहदा रहदै पनि बिपन्नका कारण घर उज्यालो बन्न नसकेकाहरुका लागि मिटर उपलब्ध गराइएको हो ।
जिल्लाका बिपन्न नौ सय घरधुरीहरुमा उज्यालो भएको र उनीहरुको मुहारमा खुसीयाली छाएको केन्द्र प्रमुख अर्यालको दाबी छ ।

SHARE