सुशीला रेग्मी
भदौ १५,२०७७ पाल्पा : रम्भा गाउँपालिका १ स्थित संघामा क्लव, सुचना केन्द्र र वन समुहको भवनमा आगलागी हुदा करिव रु ३६ लाख बराबरको क्षति पुगेको छ ।
श्री कृष्ण गण्डकी युवा क्लव, युवा सुचना केन्द्र र ठुलीटार सामुदायिक वन कार्यालय हुँगीको सामुहिक भवनमा बिद्युत् सर्ट भएर आगलागी हुदा रु ३६ लाख बराबरको क्षति हुन पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
आईतवार दिउँसो कार्यालय भवनमा रहेका ४० थान प्लास्ट्रिकका कुर्ची, आठ थान कम्प्युटर, सात थान काठको दराज, एक थान एलइडी टिभी, टेन्डहाउसमा प्रयोग गर्ने कपडा लगायतका विभिन्न सामान जलेर पूर्ण रुपमा क्षति भएको छ ।
आगलागीबाट ठुलै क्षति हुन पुगेकाले विपद् व्यवस्थापन कोषको रकमले क्षतिपूर्ति दिलाउन नसकिने हुदा यस घटनाका सम्बन्धमा छुट्टै योजना राखेर वजेट विनियोजन गरी भवन पुनः निर्माणका लागि सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष भण्डारी बताउछन् ।
गाउँपालिकाले दैवि प्रकोपबाट मानवीय क्षति भएमा प्रति व्यक्ति रु ५० हजार रकम उपलब्ध गराउँदै आएको छ भने घर तथा भवन क्षति भएमा पनि क्षतिको विवरण अनुसार राहत रकम वितरण गर्ने गरेको छ ।