हर्मिचौरका युवाहरु जुटे पार्क निर्माणमा

0
949

भदौ १४, २०७७ गुल्मी : कोरोना माहामारीको समयमा समयको सदुपयोग गर्दै हर्मिचौरका युवाहरु भ्यू पार्क बनाउन लागेका छन् ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं १ हर्मिचौरका चौतारी समूहका युवाहरु मिलेर भ्यू पार्क बनाउन लागेको उनीहरुले बताएका छन् ।
यो खाली समयलाई सदुपयोग गर्दै युवाहरुले आँटे के गर्न सकिदैन भन्ने उदाहरण त्यहाँका युवाहरुले दिएका छन् । कालीगण्डकी करिडोर अन्र्तगत रहेको सार्वजनिक खाली जग्गालाई सदुपयोग गर्दै ढाडामा रहेको बर पिपलको रुखनेर सुबिधा सम्पन्न फलामे सिट सहितको चौतारी , पानीको धारा लगायत नजिकै रहेको कालीगण्डकी जलबिद्युत परियोजनाको मनोरम दृश्य अबलोकलन गर्न सकिने भ्यू पार्क निर्माण गर्न लागिएको युवा निश्चल पाण्डेले जानकारी दिए ।


भ्यू पार्क निर्माणका लागि स्थानीयहरुले ढुंगा गिटी , बालुवा , सिमेन्ट लगायतका सामाग्रीहरु सहयोग गर्दै आएका छन् ।
उनीहरुले सहयोग गर्न इच्छुकहरुका लागि बैक खाता खोली रकम जम्म गर्न सक्ने र पारदर्शिताको सिद्धान्तलाई अंगालेको दाबी गरेका छन् ।

सो पार्क निर्माणले आन्तरिक संगै बाह्य पर्यटकको समेत बृद्धि गर्न सकिने छ ।

 

SHARE