राप्ती प्रादेशिक अस्पताल बन्द

0
787

भदौ १४,२०७७ तुल्सीपुर : दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल शनिबारदेखि बन्द भएको छ ।

अस्पतालमा कार्यरत दुई चिकित्सक, पाँच स्वास्थ्यकर्मी र दुई कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएका हो । अस्पतालको आपतकालीन बैठकले अर्को सूचना जारी नहुँदासम्म अस्पताल बन्द गरी ‘कन्ट्याक्ट टे«सिङ’ गरिने तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्रोत व्यक्ति विमल केसीले जानकारी दिए ।

केशीका अनुसार अस्पतालमा रहेका सबै बिरामीको स्वाब सङ्कलन गरिने छ । योसँगै जिल्लामा शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये घोराहीका १० जनामा कोरोना पुष्टि भएको हो ।

SHARE