स्वास्थ्यकर्मीमा सक्रंमण देखिएपछि मुसिकोटको वडा नं ६ र स्वास्थ्यचौकी सील

0
921

सागर भण्डारी
भदौ १३,२०७७ गुल्मी : मुसिकोट नगरपालिका वडा नं ६ मा एक स्वास्थ्यकर्मीमा कोरोनाको सक्रंमण देखिएसगैं वडा नं ६ र स्वास्थ्यचौकीलाई सील गरिने भएको छ ।

नगरपालिकाले समुदायस्तरमा गरेको कोरोना परिक्षणको रिपोर्टमा समुदायस्तरमा कुर्घा स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मी सहित अन्य ४ जनामा सक्रंमण देखिएपछि आज राति १२ बजेदेखि लागुहुने गरी वडा नं ६ र उक्त स्वास्थ्यचौकी सील गर्ने निर्णय गरेको मुसिकोट नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए ।
उक्त स्वास्थ्यचौकीबाट प्रदान हुने सम्पूर्ण सेवाहरु बन्द हुने गरी सील गर्ने निर्णय गरिएको छ । त्यस्तै वडा नं ६ बुर्तिबाङ पुग्ने मुख्य सडकसञ्जालसगं जोडिएकाले उक्त सडकखण्ड भएर चल्ने लामो दुरीका सवारी साधन चल्न दिएपनि वडा नं ६ भित्र रोक्ने र यात्रु ओराल्ने र लैजाने भने प्रविबन्ध गरिएको अधिकृत भण्डारीको भनाई छ ।

त्यस्तै वडा भित्र आन्तरिक एवम् छोटो दुरीका सवारीसाधन पूर्ण रुपमा प्रतिबन्ध लगाउने, बैकं तथा वित्तिय र अन्य सामुदायिक संस्थाहरुमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने र होटल र अन्य सम्पूर्ण व्यापार व्यवसायलाई बन्द गर्ने तथा ग्वादिकाचौरमा खेल खेल्न प्रतिबन्ध लगाउने निर्णय गरिएको अधिकृत भण्डारीले जानकारी दिए ।
मुसिकोटमा समुदायस्तरमा कोरोना सक्रंमण फैलिएकाले विशेष सावधानी अपानाउन र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन तथा अनावश्यक काममा हिँड्डुल नर्गन उनले आग्रह गरे । स्वास्थ्यसंस्थामै काम गर्ने स्वास्थ्यकर्मीहरुमा कोरोना पाजेटिभ देखिएपछि उक्त स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी र अन्य सम्पर्कमा आएका सवैको स्वाब संकलन गरेर पिसिआर परीक्षणको तयारी भइरहेको छ । शनिवार मुसिकोटमा क्वारेन्टाईनमा बसेका ४ जना र १ स्वास्थ्यकर्मी सहित ५ जनामा कोरोना सक्रंमण पुष्टी भएको थियो ।

SHARE