जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा इमरजेन्सी र प्रसुती सेवा बाहेक अन्य सबै सेवा ठप्प

0
923

भदौ १३,२०७७ गुल्मी : गुल्मीको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा इमरजेन्सी र प्रसुती सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको छ ।
सत्यवती गाउँपालिका वडा नं ४ का ३५ बर्षका पुरुषमा उच्च ज्वरो संगै खोकी र स्वास फेर्न समस्या भई आएको र निजको आरडिटी चेकजाँच गर्दा पोजेटिभ देखिएकाले थप उपचारका लागी बुटवल पठाइएको स्वास्थ्य केन्द्रकी डाक्टर शीला ढकालले जानकारी दिइन् ।
निजको अबस्था गम्भीर भएकाले अक्सिजन सहित थप उपचारका लागि बुटवल पठाइएको र निजको पीसीआर रिपोर्ट नआए सम्मका लागि स्वास्थ्य केन्द्रबाट हुने अन्य सेवाहरु बन्द रहने ढकालले जानकारी दिइन् ।

SHARE