गुल्मीमा जिप दुर्घटना तीन जना घाइते

0
516

भदौ १३,२०७७ गुल्मी : गुल्मीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन ।
शनिबार  करिब १ः ३० बजेको समयमा जिल्लाको कालीगण्डकी गाउँपालिका पुर्तिघाट देखि लम्सराङ जाँदै गरेको लु २ च २७५६ नम्बरको जिप पुर्तिघाट पुरानो बजारको उकालो चढ्ने क्रममा जिप दुर्घटना भएको हो । उकालोमा अचानक ब्रेक फेल भइ ब्याक हुँदा जिप सडक देखि अन्दाजी २० मिटर तल खोलामा खसेको पुर्तिघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिए ।
दुर्घटनामा कालीगण्डकी गाउँपालिका वडा नं ३ लम्सराङका २९ बर्षकी ललिता सुनार , ६३ बर्षकी चन्द्रकला परियार र २६ बर्षका भबिन कार्की घाइते भएका छन् । उनीहरुको शरीरका बिभिन्न ठाँउहरुमा चोट लागेका कारण उपचारका लागि पाल्पा मिसन अस्पतालमा पठाइएको खनालले जानकारी दिए ।
जिप चालक २४ बर्षका चुरामणी श्रीस प्रहरीको नियन्त्रणमा रहेका छन् ।

SHARE