गुल्मीमा कोरोना सक्रंमितको संख्या ३८२ पुग्यो

0
269

सागर भण्डारी
भदौ १३,२०७७ गुल्मी : गुल्मीमा हालसम्म कोरोना भाइरस संक्रमतिको संख्या ३८२ पुगेको छ ।
स्वास्थ्य कार्यालय गुल्मीका अनुसार आजसम्म जिल्लामा ३ सय २६ पुरुष र ६१ जना महिलामा गरी कोरोना संक्रमितको संख्या ३८२ पुगेको छ ।

संक्रमितमध्ये ३६६ जना कोरोनालाई जितेर घर फर्किएका छन् । जसमा ३०७ जना पुरुष र ५९ जना महिला रहेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । कोरोना भाइरस संक्रमणबाट यस जिल्लामा ३ जनाको ज्यान गएको छ ।

अहिले जिल्लामा ९३ जना मात्र क्वारेन्टाइनमा रहेका छन् । पुरुष ७२ जना र महिला २१ जना क्वारेन्टीनमा रहेका सुचना अधिकारी आचार्यले जानकारी दिए । महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानीयतहमा गरी क्वारेन्टाइनको बेड क्षमता १२ सय ९६ रहेको छ । जिल्लामा अहिले १३ जना आइसोलेशनमा रहेका छन् । आइसोलेशनमा रहेका मध्ये १२ जना पुरुष र १ जना महिला रहेका छन् ।

यस जिल्लामा अहिलेसम्म ८ हजार २०१ जनाको आरडीटी परीक्षण गरिएको छ । भने अहिलेम्मि ३२ सय ७५ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन् गरिएको छ । जसमा २ सय ३८ जनाको परिक्षण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा जिल्ला बाहिरबाट स्वाव सकंलन गरी गरिएको पीसीआर परीक्षणमा सक्रंमित हुनेको संख्या १५ रहेको छ । जसमध्ये मुसिकोट, चन्द्रकोट धुर्कोट र मालिकाका १ १ जना रुरुक्षेत्रका ३ जना मदानेका ३,गुल्मीदरबारका ३, छत्रकोटका २ जना रहेका छन् ।

SHARE