मुसिकोटका ११२ जनाको रिपोर्ट नेगेटिभ

0
308
फाइल फोटो

सागर भण्डारी
भदौ १३,२०७७ गुल्मी : मुसिकोट नगरपालिकामा गत भदौ ४ गते समुदायस्तरमा कोरोना परीक्षणका लागि १२५ जनाको स्वाव सकंलन गरिएकोमा ११२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

मुसिकोट नगरपालिकामा विभिन्न क्षेत्रमा आवद्ध १२५ जनाको पिसिआर परीक्षणको लागि स्वाब सकंलन गरिएको थियो । जसमध्ये एक सय जना पुरुष र २५ जना महिला रहेका छन । कोभिड १९ समुदायस्तरमा फैलन थालेपछि मुसिकोट नगरपालीकाले समेत बढी जोखिममा रहेर खटिने विभिन्न क्षेत्रका व्याक्तिहरुको प्रतिनिधी मुलक रुपमा पिसिआर परीक्षणको लागि स्वाव सकंलन गरेकोमा ११२ जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिए । बाँकी रहेका १३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

मुसिकोट नगरपालिकाको समन्वयमा अग्रपंक्तिमा रहेर काम गर्ने व्यबसायी, वित्तिय संस्था, सरकारी कर्मचारी, सञ्चारकर्मी, जनप्रतिनिधी, स्वास्थ्यकर्र्मी, सुरक्षाकर्मी लगाएतको स्वाव सकंलन गरीएको थियो ।
मुसिकोट नगरपालिकाको आफ्नै खर्चमा पिसिआर परीक्षण गरिएको र १ सय १२ जनाको रिपोर्ट नेगेटिभ आउँदा मुसिकोटमा समुदायस्तरमा कोरोना फैलिएको छैन भनेर पूर्व आकंलन गर्न सकिएपनि सबैको रिपोर्ट नआउन्जेल केही भन्न नसकिने नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले बताए ।

SHARE