थप दुई कोरोना संक्रमितको मृत्यु

0
447

भदौ १३, २०७७ काठमाडौं :  पाल्पा र वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारकै क्रममा मृत्यु भएको हो। यस्तै, वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा ज्यान गएको हो।

पाल्पामा ज्यान गुमाएकी महिलाले भदौ ५ गतेदेखि स्वास्थ्यसमस्या भोगिरहेकी थिइन्‌ र त्यसको दुई दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबार बिहानैदेखि भेन्टिलेटरमा राखेर उपचार गरेपनि बेलुकी साढे ६ बजे उनको मृत्यु भएको हो। ती महिलाले मुटुको समस्या खेपिरहेकी थिइन्‌।​

वीरगञ्जको नारायणी अस्पतालमा ज्यान गुमाएकी महिला शुक्रबार दिउँसोमात्रै उपचारका लागि भर्ना भएकी थिइन्‌।
उपचार भइरहँदा बेलुकी साढे पाँच बजेतिर उनको निधन भएको अस्पतालस्रोतले जानकारी दिएको छ।

SHARE