गुल्मी प्रबेशमा पीसीआर रिपोर्ट अनिवार्य ,नभए १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने

0
762
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
भदौ १३ ,२०७७ गुल्मी : जिल्ला बाहिरबाट गुल्मी भित्रीनेहरुका लागि अनिवार्य पीसीआर रिपोर्ट चाहिने भएको छ । यदि पीसीआर रिपोर्ट नभए अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको जिल्ला कोरोना रोकथाम तथा संकट ब्यबस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि जिल्लामा भित्रिने सीमा नाकाहरु रुरुक्षेत्र गाउँपालिकाको रिडी , कालीगण्डकी गाउँपालिकाको हर्मिचौर , पुर्तिघाट , मुसिकोट नगरपालिकाको वामी , रेसुंगा नगरपालिका कोनेटा , मदानेको सौतामारे लगायतका स्थानहरुमा सुरक्षा कर्मीहरु परिचालन गरि कडाई गरिएको शर्माले जानकारी दिए ।
जिल्लामा लुकीछिपी आउने र क्वारेन्टाइनबाट भाग्नेलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

 

 


यस्तै दुग्ध ब्यबसाय बिहान नौ बजेदेखी ९ बजेदेखि, साँझ ६ सम्म, मासु , तरकारी र फलफूल पसलहरु बिहान ७ देखि साँझ ५ बजेसम्म, अन्य पसल उद्योगहरु बिहान १० देखि साँझ ५ बजेसम्म संचालनमा रहने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । यस्तै सरकारी कार्यालय बैंक बित्तिय संस्थाले ५० प्रतिशत कर्मचारीहरु मात्र राखेर कार्य सम्पादन गर्ने निर्णय समेत बैठककले गरेको छ । यो निर्णय शुक्रबार राती १२ बजेदेखि भदौ १९ गतेसम्म लागू हुनेछ ।

यदि कसैले जिल्ला प्रशासनको निर्णय अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धब पन्थीले जानकारी दिए ।

SHARE