पाल्पामा कोरोना सङ्क्रमित महिलाको मृत्यु

0
402

सुशीला रेग्मी

भदौ १२,२०७७ पाल्पा : पाल्पामा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा नं ८ मदनपोखरा स्थित पिपलडाँडाकी ३० वर्षीय महिलाको शुक्रवार साँझ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि उनको लुम्बिनी मेडिकल कलेजको आइसोलेशनमा राखेर उपचार भइरहेकोमा स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । मृतक महिलामा मुटु सम्बन्धी समस्या थियो ।

मृतक महिला गृहणी रहेको बुझिएको छ । समदायस्तरमा पहिलो पटक कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि जिल्लामा त्रास बढेको छ । जिल्लामा यस अघि कोरोनाको कारण पूर्वखोला गाउँपालिका १ सिलुवाका एक पुरुषको मृत्यु भएको थियो ।

पाल्पामा अहिले सम्म कुल पाँच सय ७३ जनामा कोरोना पोजेटिभ देखिएकोमा पाँच सय ६१ जना निको भएर घर फर्किएको जनस्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए । सङ्क्रमितमध्ये दश जनाको उपचार भइरहेको छ ।

SHARE