भदौ १२, २०७७ रुपन्देही : रुपन्देहीमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको बिहीबार राति २ बजेर ३० मिनेटमा मृत्यु भएको हो। उनमा उच्च रक्तचापको समस्या थियो।