
टोपलाल अर्याल
भदौ ९,२०७७ गुल्मी : इस्मा गाउँपालिकाका कार्यरत सूचना प्रविधी अधिकृत बाबुलाल थापाले जन्म दिनको अवसरमा गाउँपालिकालाई भिटिएम सहयोग गरेका छन् ।
उनले जन्म दिनको अवसरमा गरिने फजुल खर्च कटौती गरेर गाउँपालिकालाई २० थान कोरोना परीक्षण गर्ने भिटिएम किट उपलब्ध गराएका हुन् ।
गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख बिमला खत्री र निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतको उपस्थितीमा भिटिएम प्रदान गरेका थिए ।
उनले अहिले देश कोरोना कहरमा भएकाले सोहि बिषयमा सहयोग गर्ने बिचार गरेर भिटिएम प्रदान गरेको बताए ।
गाउँपालिका प्रमुख बिष्टले जन्मदिन मनोरञ्जन र फजुल खर्च गरेर मनाउनुपर्छ भन्नेहरुका लागि थापाले गरेको समाजसेवा गत्तिलो उदाहरण भएको बताए ।
जन्म दिनको सानो सहयोगले पनि कोरोना नियन्त्रण तथा रोकथाममा गाउँपालिकालाई नयाँ उर्जा प्राप्त गरेको बताउँदै बिष्टले थापाको सु–स्वास्थ्य एवं दिर्घायुको कामना गरे ।









