म्याग्दीको दुई शव दक्षिण कोरियाको अस्पतालमा अलपत्र ।

0
395

भदौ ९, २०७७ म्याग्दी : रोजगारीको सिलसिलामा दक्षिण कोरियामा पुगेर अवैधानिक रुपमा बसोबास गरेका दुई म्याग्देलीको उपचार क्रममा मृत्यु भएपछि शव अस्पतालमै अड्किएको छ।

लामो समयसम्म परिवारको सम्पर्कमा समेत नभएका अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका डम्बरबहादुर गर्बुजा र रघुगंगा गाउँपालिका–६ कोटगाउँका जसबहादुर पुनको उपचार क्रममा मृत्यु भएको हो। शव अस्पतालमा रहेको मोना दक्षिण कोरियाका अध्यक्ष सुनेश खत्री क्षत्रीले जानकारी दिए । मृतक गर्बुजाको परिवारले शव नेपालमा पठाउन अनुरोध गरे पनि पुनको शव कोरियामै अन्त्येष्टि गरिने भएको छ।

गर्बुजा र पुन कोरिया गएको दुई वर्षपछि परिवारको सम्पर्कमा थिएनन्। गर्बुजाको शव छनान युनिभर्सिटीको अस्पतालमा छ भने पुनको थेजनस्थित चुङनाम नेसनल युनिभर्सिटी हस्पिटलमा छ । शव कोरियामै अन्त्येष्टि गर्न परिवारको स्वीकृतिका साथै वडाबाट नाता प्रमाणित सहितको कागजात चाहिने जनाइएको छ।

SHARE