रुरुक्षेत्रमा अखाद्यबस्तु नष्ट

0
443

चुरामणी तिमिल्सिना
भदौ ९,२०७७ गुल्मी : रुरु छेत्र गाउँ पालिका वार्ड न १ रिडि गुल्मिले अनुगमनमा जफत गरियका करिब ३० हजार बराबरको सामाग्री रिडिमा नस्ट गरियको रुरु १का वार्ड अध्यक्ष रामलाल बिकले जानकारी दिए ।

। आटा मसला जुस पेयपदार्थ तेल चाउमिन चाउचाउ औषधि लगायतका सामाग्री जफत गरिएको थियोे  . नस्ट गर्ने क्रममा वाड अध्यक्ष रामलल बिक ,वार्ड सचिब गोबिन्द प्रसाद पौडेल, उधोग बाणिज्य संघ रिडिका अध्यक्ष तथा नेकपा पार्टी प्रतिनिधि सुबर्ण लाल कक्षपती , नेपाली काग्रेस का प्रतिनिधि रामचन्द्र भट्टराई व्यापारी का प्रतिनिधि जीवन कुमार कसजु पत्रकार सुरक्षा निकायका प्रहरी सहायक निरीक्षक बिस्नु प्रसाद खनाल लगायतको सहभागिता रहेको थियो ।

सामाग्री नस्ट गर्दै अध्यक्ष बिकले म्याद नागेका सामाग्री हरु बजारमा बिक्री वितरण भयको वार्डमा गुनासो आएपछी पालिकामा खबर गरि यो अनुगमन कार्यक्रम अन्य लाई सुचना प्रबाह नगरी अचानक रुपमा गरिएको बताए।
अझै केही पसलहरु बाँकी रहेकाले केही दिन्मा बाकी पसल पनि अनुगमन गरिने अध्यक्ष बिकले जानकारी दिए । उधोग बाणिज्य संघ का अध्यक्ष कक्षपतिले आफुहरुले पनि सबै पसलहरुलाइ बेला बखतमा आफ्ना पसलका सामाग्री आफैले चेक जाँच गर्न अनुरोध गरिरहेको दाबी गरे ।

सबै पसल यथा सिघ्र रुपमा दर्ता गराउन र नबिकण गर्न गराउन समेत ब्यापारी लाई रुरु १ का वार्ड सचिब पौडेले अनुरोध गरे ।

SHARE