आइसोलेसनबाट संक्रमित भागे

0
438

भदौ ९, २०७७ चितवन : भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागेका छन्।

भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो।

अस्पतालको आइसोलेसनबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

SHARE