एकै घरका आठजनालाई कोरोना सङ्क्रमण पुष्टि

0
534

भदौ ८, २०७७ दाङ : दाङमा एकै परिवारका आठजनालाई कोरोना संक्रमण देखिएको छ। उनीहरुसहित थप १४ जना संक्रमित थपिएका हुन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका(४ का एकै परिवारका आठसहित नौ, शान्तिनगर(३ का एक जना र शान्तिनगर(५ का एकमा कारोना सङक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले बताए।सङ्क्रमित हुनेमा पाँच वर्षीय बालकदेखि ४२ वर्ष उमेर समूहका रहेका छन्।

शान्तिनगरका सङक्रमित सबै यही भदौ २ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उनले बताए। सङ्क्रमित ११ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पताल लगिएको छ ।क्‍वारेन्टाइनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा सङ्क्रमण भेटीएको हो। शान्तिनगरमा अहिले १२ सक्रिय सङ्क्रमित छन्। रासस

SHARE