संक्रमित शून्य रहेको म्याग्दीमा देखियो कोरोना

0
293

भदौ ८, २०७७ म्याग्दी : करिब दश दिनसम्म सक्रिय कोरोना संक्रमित मुक्त रहेको म्याग्दीमा पहिलो पटक विदेशबाट आएका बाहेकका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ।

आइतवार साँझ जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत एक प्रहरीमा कोरोना भाइरस पुष्टी भएको हो । गण्डकी प्रदेशमा भएको पिसिआर परीक्षणमा जिल्ला प्रहरी कार्यालय बेनीमा कार्यरत एक प्रहरीमा कोरोना देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

SHARE