
भदौ ८, २०७७ काठमाडौं : पछिल्लो पटक कोरोना संक्रमणबाट नेपालमा १० जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले भने तीन जनाको मात्रै पुष्टि गरेको छ। आइतबारको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा पर्सा र सर्लाहीमा १–१ जना महिला र झापामा एक पुरुषको मृत्यु भएको जानकारी दिएको छ।
यो बाहेक लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दुई र भक्तपुरमा १, चितवनमा १ र सुनसरीमा १, धनुषामा १ र विराटनगरमा १ जनाको मृत्यु भएको भने मन्त्रालयले पुष्टि गरेको छैन।







