गुल्मीदरवार गाउँपालिकामा सहायता कक्ष

0
405

भदौ ८,२०७७ गुल्मी : जिल्लाको गुल्मीदरबार गाउँपालिकाले सहायता कक्ष संचालन गरेको हो ।
सेवाग्राहीहरुले सहज र सरल रुपमा सेवा लिन सकुन भन्ने उद्येश्यले सहायता कक्ष स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
सेवा प्रवाहमा एकरूपता कायम गर्न तथा नागरिकको सहज पहुँच स्थापित गर्न गाउँपालिकामा सहायता कक्ष संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

सहायता कक्षबाट पालिकामा सेवा लिन आउने नागरिकहरुले पेश गर्नुपर्ने विभिन्न निवेदनहरुको ढाँचा उपलब्ध गराईने र सेवा ग्राहीहरुको काममा सहजिकरण गरिदिने व्यवस्था मिलाईएको छ । त्यस्तै निवेदन लेखिदिने योजना सम्झौता तथा फरफारकका लागि के–के चाहिन्छ र कुन कार्यकक्षबाट के काम हुन्छ भन्ने विषयमा जानकारी दिने व्यवस्था मिलाईएका पाण्डेले दाबी गरे ।

गाउँपालिकालाई सुशासन, उत्तरदायी र जनतामैत्री बनाउँदै सबै जनताको अपनत्व हुने गरी विकास र समृद्धिमा लागेको यो अभियानमा सहायता कक्षको महत्वपूर्ण भूमिका हुने गाउँपालिका अध्यक्ष अशोककुमार थापाले दाबी गरे ।

पालिकामा भष्ट्राचार शून्य सहनशिलताको नीति अवलम्ब गरी सेवा प्रवाह, सुशासन , विकास निर्माण , प्रशासनलाई सँगसँगै अगाडी बढाई कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण गर्दै समृद्ध पालिका बनाउन पालिकाका सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिहरु लागि परेको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले भूमि बैंक सम्बन्धी कार्यविधि–२०७७, संघ संस्था दर्ता सम्बन्धी कार्यविधि–२०७७, व्यवसाय दर्ता, नविकरण तथा कर सम्बन्धी कार्यविधि–२०७७, सार्वजनिक खर्च मितव्ययीता सम्बन्धी निर्देशिका–२०७७ जारी गरेको जनाएको छ ।

SHARE