भारतमा एकै दिन १० लाखको कोरोना परीक्षण

0
756

भदौ ७, २०७७ एजेन्सी : भारतमा एकै दिन अहिलेसम्मकै कीर्तिमान १० लाख जनाको कोरोना परीक्षण गरिएको छ।

रेकर्ड १० लाख जनाको कोरोना परीक्षण गरेकै दिन भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै ७० हजार कोरोना संक्रमित भेटिएका छन्। देशभर १० लाख २३ हजार ८३६ मा कोरोना परीक्षण गर्दा पहिलो पटक ७० हजार ६७ जना नयाँ संक्रमित भेटिएका हुन्। यसका साथै जम्मा संक्रमितको संख्या ३० लाख ४६ हजार भएको छ।

बितेका २४ घण्टामा ५९ हजार १०१ बिरामी निको भएका छन्। यही समयमा ९१८ जनाले ज्यान गुमाएका छन्। १० हजार ४० जना सक्रिय संक्रमित पनि थपिएका छन्।

SHARE