महिलाहरुले घरमै पुजा गरेर मनाए ‘ऋषि पञ्चमी’

0
684
फाइल फोटो

सुशीला रेग्मी

रामपुर (पाल्पा), ७ भदौ : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व यस पटक कोरोनाको जोखिमले महिलाहरुले आज घरमै पुजा गरेर मनाएका छन् ।

बिगतका वर्षहरुमा चौतारी, विभिन्न मठ मन्दिर, खुल्ला चौरमा जम्मा भएर ठुलो समुहमा महिलाहरुले सप्तऋषिको पुजाआजा गर्ने गर्थे । अहिले कालीगण्डकी वेशीका मठ मन्दिरहरु सुनसान बनेका छन् ।

आज बिहानै उठेर महिलाहरुले नजिकका धारा, पधेँरा, कुलो, खोला र नदीमा पुगेर दतिवनले दाँत माझेर घरमै पुजा गरेर पर्व मनाएका छन् ।

कोरोनाको जोखिम परिस्थितीलाई मध्यनजर गर्दै वैदिक विधि अनुसार नै बिहान स्नान गरी घरमा आएर पुजापाठ गरेर यो वर्षको ऋषि पञ्चमी पर्व मनाइएको रामपुर नगरपालिकाका मथुरा रेग्मीले भनाई छ ।

“वर्षेनी गर्दै आएको पुजा यस पटक स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखी नुहाएर शुद्ध भई घरभित्रै भगवान्लाई पुजा गरियो, अर्को पटक कोरोनाको कहर हटेमा धुमधामका साथ मनाउन पाइन्छ” उनको भनाई ।

आज बिहानै उठेर घर निजकैको कुलोमा गएर ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरेर ऋषि पञ्चमी मनाएको शोभा पाण्डेय बताउछिन् ।

अघिल्ला वर्षहरुमा बिहान विधिपूर्वक स्नान गरेपछि घरनिजकै चौतारीमा बसेर सामुहिक पुजा गर्ने गरेको स्मरण गर्दै घरभित्रै भगवान्लाई सम्झेर सप्तऋषिको पुजा सम्पन्न गरिएको उनले बताइन् ।

केहीले भने टाढा टाढा बसेर संस्कार जोगाउनका लागि घरको आँगनीमा बसेर पाँच÷सात जना सहभागी भएर पुजा गरेका छन् ।

बिहान उठेर स्नान गरेपछि हिन्दु धर्म संस्कार संस्कृती जोगाउन र व्रत विधि पुरा गर्न घरको आँगनीमा परिवार, आफन्ती मात्र जम्मा भएर टाढा टाढा बसेर सप्तऋषिको पुजापाठ सम्पन्न गरेको शारदा रेग्मीले बताइन् ।

“एकले अर्को व्यक्तिलाई नछोइकन टाढा बसेर आँगनमा पुजा गरियो, पण्डितले पनि टाढा बसेर मन्त्र उच्चारण गर्नुभयो, सोही अनुसार हामीले दुरी कायम गरेर आफन्त र परिवारका सदस्य भएर सप्तऋषिको पुजा गरियो” ।

पण्डितहरुलाई पनि ऋषि पञ्चमी दिन पुजापाठ गराउन भ्याईनभ्याई हुन्थ्यो । एक पण्डितले बिहान देखि साँभm सम्म पाँच÷सात वटा सम्म पुजा गराउनुपथ्र्यो । यो वर्ष भने घर परिवारका सदस्य, आफन्तलाई मन्त्र उच्चारोण गरेर घरमै मात्र ब्रत विधि सम्पन्न गराएको बताउँछन्

SHARE