जन्मदिनमा शैक्षिक सामाग्री सहयोग

0
344

माधब ज्ञवाली

भदौ ६ ,२०७७ गुल्मी : गुल्मीमा जन्मदिनमा शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
जन्म दिनको अबसरमा केही नयाँ र रचनात्मक कामहरु पनि गुल्मीमा हुन थालेका छन् । जन्म दिनको अबसरमा फाल्तु खर्च गर्ने चलनलाई हटाई रचनात्मक कार्यहरु हुन् थालेको छन् । त्यस्तै एउटा उदाहरण हो ज्ञवा माध्यमिक बिधालय रुरुक्षेत्र गाउपालिका वडा न।४ बलेटक्सार गुल्मीमा अध्यनरत बिद्यार्थी रन्जित ज्ञवालीले आफ्नो जन्मदिनको अवसरमा आफ्नै बिधालयमा अध्यनरत गरिब तथा जेहेन्दार बिद्यार्थीलाई सहयोग गरेका छन।

उनले कक्षा ५ मा अध्यनरत छात्रा सविना विकलाई झोला ,कापी ,कलम लगायत शैक्षिक सामाग्री सहयोग स्वरुप उपलब्ध गराएका हुन। बर्षले भर्खरै १५ पुगेर १६ लागेका उनी उमेरले सानै भएता पनि सामाजिक क्षेत्रमा भने निकै रुचि राख्ने ब्यक्ती हुन् । ज्ञवाली अनेरास्ववियु ज्ञवा मावीका अध्यक्ष पनि हुन् ।
आफू उमेरले सानै भएको र अझै त्यति ठूलो सहयोग गर्ने भैनसकेको तर आफ्नो जन्मदिनमा हुने खर्च सामाजिक क्षेत्रमा लगाउने चाहानाले यो सहयोग गरेको उनले बताए।
आफुले गरेको यो सानो सहयोग अरु आफू जस्तै बिद्यार्थीको लागि केही प्रेरणाको स्रोत बन्न सक्ने उनको विश्वास रहेको छ।

SHARE