नेपालमा कोरोनाका ६३४ सङ्क्रमित थपिए, कुल ३१ हजार ११७ जना

0
345

भदौ ६,२०७७ काठमाडौं : नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ६३४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ३१ ह्जार ११७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ५१९ जनाको पीसीआर परीक्षण गरिएको छ । सङ्क्रमितमध्ये १८२ जना महिला र ४५२ जना पुरुष रहेको मन्त्रलायले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा १३६ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।

SHARE