भदौ ६, २०७७ बर्दिया : बर्दियामा १३ दिन लामो निषेधाज्ञा शुक्रबार रातिबाट हटेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बिहीबारको बैठकले निषेधाज्ञा खोल्ने निर्णय गरेको हो। शुक्रबार रातिबाट निषेधाज्ञा हटे पनि शनिबार भने बजार खुलेका छैनन् । सम्पूर्ण बजार भने आइतबारदेखि मात्रै खुल्ने प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।
निषेधाज्ञा अघिदेखि नै आइतबारदेखि शुक्रबारसम्म बजार खुल्दै आएको थियो भने शनिबार बन्द हुन्थ्यो। सोही अनुसार यो शनिबार पनि बजार बन्द भएका हुन्।
कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेपछि बर्दियामा साउन २५ गतेबाटै निषेधाज्ञा गरिएको थियो।