आज राती १२ बजेदखी गुल्मी ठप्प

0
590
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

भदौ ५,२०७७ गुल्मी : गुल्मीमा आज राती १२ बजेदेखी एक हप्ता (भदौ १२ सम्म ) पुर्ण रुपमा लकडाउन हुने भएको छ । कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि एक हप्ता लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना रोकथाम तथा संकट व्यवस्थापन केन्द्रको बैठकले आज राति १२ बजे देखि लागू हुने गरी एक हप्ता लकडाउन जारी गर्ने निर्णय गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

यस्तै लकडाउनको समय अबधिमा अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न, भीडभाड नगर्न, आ.आफ्नो घरमा परिवारसँग मात्र चाडपर्व मनाउन प्रशासनले आग्रह गरेको छ । तरकारी पसलहरु बिहान र दुग्धजन्य पदार्थहरुको पसल विहान र साँझ २ पटक खोलिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यदि कसैले लकडाउनको अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले चेतावनी दिएको छ ।

SHARE