अत्याधिक मदिरा सेबनका कारण गुल्मीमा २ जनाको मृत्यु

0
304

भदौ ५,२०७७ गुल्मी : गुल्मीमा अत्याधिक मदिरा सेवनका कारण २ जनाको मृत्यु भएको छ ।

जिल्लाको इश्मा गाउँपालिका वडा नं २ पालुखाका ३१ बर्षिय चुराबहादुर कँवर गएराती आफनै बारीमा अत्याधिक रक्सी सेवनका कारण मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
यस्तै मालिका गाउँपालिका वडा नं ७ घमिरका ३६ बर्षका बकबहादुर बिक शुक्रबार बिहान भानुपोखरामा मृत अबस्थामा फेला परेको पन्तले जानकारी दिए । बिक पनि अत्याधिक मदिरा सेवनका कारण भानुपोखरामा रहेका लक्ष्मी होटलको नजिकै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE