खेर गएको बोत्तलबाट सुन्दर क्यारी

0
525

जानु पाण्डे

भदौ ५, २०७७ कपिलवस्तु : प्रयोग नभई फालिएका बोत्तलको प्रयोग गर्दै कपिलवस्तुको राजापानी सामुदायिक वनमा विरुवाको क्यारी र चौपारी निर्माण गरिएको छ।

स्थानीय होटेलमा फालिएका बोत्तल संकलन गरी दुई स्थानमा चौपारी निर्माण गरिएको हो। दुई दिनमा चारजना कामदारले चौपारी निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारीले बताए। दुई स्थानमा चौपारी निमार्ण गर्दा करिब आठ हजार रुपैयाँ खर्च भएकोे छ। एउटा चौपारीका लागि दुई बोरा सिमेन्ट, चार बोरा बालुवा मात्र प्रयोग भएको छ।

फालिएका बोत्तल सहयोग स्वरुप मागेर बोत्तलभित्र बालुवा भरी प्रयोग गरिएको छ। यस्ता संरचनाले खर्च पनी कम गरेको छ र वातावरण प्रदूषण पनि कम गरेको छ। सामाजिक सञ्जालमा फोटो देखेर बनाउन रुचि लागेको अध्यक्ष अधिकारीले बताए। लकडाउन खुलेपछि प्लास्टिकका बोत्तल प्रयोग गरी बनाइने योजना समेत रहेको छ।

वााणगंगा नगरपालिका–३ रहेको सामुदायिक वनले पर्यटनको विकासमा जोड दिँदै आएको छ। माछा पालन, फूलवारी, बाल उद्यान, पिकनिक स्पोट सञ्चालनसँगै घाइते वन्यजन्तुको संरक्षण गर्दै आएको छ।

SHARE