कपिलबस्तुका १० प्रहरीसहित २४ जनामा कोरोना पुष्टि

0
475

भदौ ४, २०७७ कपिलवस्तु : कृष्णनगरका १० प्रहरीसहित २४ जनामा कोरोना देखिएको छ।

कोरोना नियन्त्रणका लागि खटिएका २२ जनामा लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो। संक्रमण भएका १० जनालाई ज्वारो आउने सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो।
बिहीबार थप भएपछि कपिलवस्तुका कोरोना संक्रमितको संख्या १ हजार ६ पुगेको छ। थप भएका मध्ये ४ जना विद्यार्थी, ३ जना व्यापारी, ३ जना कर्मचारी पनि रहेका छन। नेपाल बैंक लिमिटेड, कृष्णनगर भन्सार कार्यालय, हुलाक कार्यालयका कर्मचारीका कोराना देखिएको हो।

बहादुरगन्जमा लिइएको ३ सय २९ स्वाबमध्ये २ सय १८ जनाको नजिता आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले बताए।

SHARE