गुल्मीमा घरमा कोही नभएको मौका छोपी नगद र गरगहना चोरी

0
925

भदौ ४,२०७७ गुल्मी : गुल्मीमा घरमा कोही नभएको मौका छोपी गरगहना नगद चोरी भएको छ ।

धुर्कोट गाउँपालिका वडा नं ४ जैसिथोककी सुमित्रा पोखरेलको घरबाट गएराती  घरको ताला फोडी चोरी भएको हो । सुटकेसमा राखेको नगद १० हजार , औठी , मंगलसुत्र , जन्तर गरी करिब २ लाख बराबरको चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए । सुमित्रा दर खान भनी स्थानीयको घरमा गएको मौका छोपी चोरी भएको स्थानीय बासुदेब पोखरेलले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको र चोरी गर्ने मान्छेको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE