उत्कृष्ट कार्य सम्पादन गरेवापत कमला पन्थी पुरस्कृत

0
608

भदौ ४, २०७७ गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार कमला पन्थी पुरस्कृत भएकी छिन् ।

प्रशासन कार्यालय गुल्मीमा रहेर साउन महिनामा उत्कृष्ट कार्य सम्पादन गरेकाले पन्थीलाई पुरस्कृत गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला स्थित सरकारी कार्यालय प्रमुखहरुको बैठकबाट प्रत्येक कार्यालयले उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय भए बमोजिम नै प्रशासन कार्यालयबाट पन्थी छनोट भएकी हुन् ।

उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्दा कर्मचारीलाई थप काममा उत्प्रेरण जाग्ने कार्यालयले जनाएको छ । पन्थीलाई प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पुरस्कार स्वरुप डाइरी प्रदान गरेका थिए ।

SHARE