गुल्मीमा एक हप्ता लकडाउन

0
804
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

भदौ ३,२०७७ गुल्मी : गुल्मीमा भदौ ५ गते राती १२ बजेदेखी एक हप्ता पुर्ण रुपमा लकडाउन (बन्दाबन्दी) हुने भएको छ ।

कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि एक हप्ता लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना रोकथाम तथा संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ ५ गते राति १२ बजे देखि लागू हुने गरी एक हप्ता लकडाउन जारी गर्ने निर्णय गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
यस्तै लकडाउनको समय अबधिमा अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न, भीडभाड नगर्न, आ.आफ्नो घरमा परिवारसँग मात्र चाडपर्व मनाउन प्रशासनले आग्रह गरेको छ । तरकारी पसलहरु बिहान र दुग्धजन्य पदार्थहरुको पसल विहान र साझ २ पटक खोलिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गरेको लकडाउनलाई प्रभाबकारी बनाउन र पालना गर्न प्रशासनले आग्रह गरेको छ । यदि कसैले लकडाउनको अबज्ञा गरे कानून अनुसारको कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले चेतावनी दिएको छ ।
जिल्लामा तीन सय ६९ जना संक्रमितहरु मध्ये तीन सय ६४ जना निको भएर घर फर्किएका छन् भने २ जनाको आइसोलेशनमा राखेर उपचार गरीएको छ ।
संक्रमणका कारण जिल्लामा ३ जनाको ज्यान गएको छ ।

SHARE