मदानेले ग¥यो बजार अनुगमन

0
714

हुमाकान्त पोखरेल
साउन ३,२०७७ गुल्मी : गुल्मीको मदाने गाउँपालिकाले बजार अनुगमन गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ म्यालपोखरीमा रहेका खाद्य, कपडा पसल, सुनचाँदी पसल, भाडा पसल, होटल तथा पेय पदार्थ राखेका गरी कुल ३६ पसलमा बुधबार अनुगमन गरेको हो ।

पसल दर्ता भए÷नभएको, सामग्री तौलिने तराजुको अवस्था, बिक्रिमा राखिएका सामग्रीको गुणस्तर लगायतको बारेमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा अधिकाशं पसलहरुमा देखिने गरी साइन बोर्ड नराखेको, कुनैपनि पसलमा मुल्यसूचि नराखेको, अधिकाशं पसलहरुमा ढक–तराजु बिग्रिएको समस्या देखिएका छन् ।

त्यस्तै म्याद सकिएका सामग्री विक्रिको लागि राखिएको, गाउँपालिकामा व्यवसाय दर्ता नगरेको तथा तौल लिने ढकको सट्टा ढुगांको प्रयोग गरेको जस्ता कमजोरी देखिएको गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।
उक्त कमजोरी हटाउनको लागि गाउँपालिकाको तर्फबाट सम्पूर्ण पसलहरुमा देखिने गरी साइन बोर्ड राख्न लगाएको, अनिवार्य रुपमा मूल्यसुचि राख्न लगाएको, बिग्रिएका ढक–तराजु मर्मत तथा परिवर्तन गर्न लगाएको, म्याद सकिएका सामग्री बिक्रि वितरणमा रोक लगाएको तथा दर्ता नभएका पसलहरु १५ दिनभित्र गाउँपालिकामा दर्ता गर्न आग्रह गरिएको गाउँपालिकाका उपाध्यक्ष एवम् अनुगमन समितिका संयोजक सरिता खड्काले बताइन् ।
गाउँपालिकाले मंगलबार बाँझकटेरी र सिर्सेनीमा अनुगमन गरेको थियो । अब निरन्तर सबै वडाका सबै पसलहरुमा निरन्तर अनुगमन गर्ने योजना रहेको उपाध्यक्ष खड्काले बताइन् ।

SHARE