गुल्मीदरवार गाउँपालिकाको पहिचान सहितको लोगो सार्वजनिक

0
944

तिलाचन पाण्डे

भदौ ३,२०७७ गुल्मी : गुल्मीदरवार गाउँपालिकाले गाउँपालिकाको पहिचान सहितको लोगो सार्वजनिक गरेको छ ।

गाउँपालिकाले पालिका भित्र रहेको धार्मिक , ऐतिहासिक , पर्यटन , कृषि क्षेत्रलाई समेटेर लोगो सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । गाउँपालिकाको पहिचानका निम्ति सबै क्षेत्रलाई समेटेर लोगो सार्वजनिक गरेको पाण्डेले दाबी गरे ।
लोगोमा रहेका ७ वटा लालीगुराँसले गाउँपालिका भित्रका ७ वटा वडाहरुलाई जनाएको छ । रेसुंगाको पहाड र टावर पार्कको संकेतले पर्यटन एवं समृद्धिको संकेत गरेको गाउँपालिकाले जनाएको छ ।
चारपाला दरवारको भवनले गाउँपालिकाको ऐतिहासिक , धार्मिक र सांस्कृतिक सम्पदाको संकेत गरेको छ । धानको बाला र मकैको संकेतले गाउँपालिका भित्रको कृषि क्षेत्रलाई समाबेश गरेको छ ।
लोगोमा रहेको गोल्डेन माछाले गाउँपालिका बासीको सुख , समृद्धी , सौभाग्यको संकेत गरेको पालिकाले जनाएको छ । झाँकीहरुको संकेतले पालिका भित्र रहेको कला ,संस्कृति र बिभिन्न जातजातीको संकेत गरेको छ । गाउँपालिकाको नक्सालाई महिला पूरुषले उचालेको संकेतमा सुखी र समृद्ध पालिका निर्माणमा सबैको साथ र सहयोग रहेको छ ।

लोगोमा रहेको मौरीको घार र मौरीले गाउँपालिकाका जनप्रतिनिधि ,कर्मचारी र जनताले परिश्रमको संकेत संगै बलिथुम मौरीमा आत्मनिर्भरता भन्ने जनाएको छ । लोगोमा रहेको हरियो रङले खेतीयोग्य जमिन र कृषकको प्रतिनिधित्व , रातो रङले आर्थिक क्रान्ती र समृद्धि , सेतो रङले शान्त र सुखी जनताको संकेत गरेको छ । यस्तै पहेलो रङले सौभाग्यको संकेत र निलो रङले पालिका भित्र स्वच्छ खानेपानीको ब्यबस्था भएको संकेत गरेको गाउँपालिकाले जनाएको छ ।

SHARE