विमला ढकाल
भदौ ३, २०७७ बर्दिया : जिल्लाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय एक पुरुषको अन्येष्टिपछि कोरोना संक्रमण पुष्टि भएको छ।
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएका उनको घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए। ‘
कोरोना रिपोर्ट नआउँदै शवको दाहसंस्कार भएको छ,’ प्रजिअ अधिकारीले भने, ‘मलामी गएका झण्डै ३५ जना सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको र दुईवटा बस्ती सिल गरिएको छ।
किरियापुत्रीलाई पनि अलग्गै क्वारेन्टाइनमा बस्न भनिएको छ।’ कन्ट्रयाक्ट ट्रेसिङमा परेका घरपरिवार र छिमेकी ११३ जना रहेको प्रजिअ अधिकारीले बताए।