भदौ ३, २०७७ अर्घाखाँची : कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न अर्घाखाँचीमा एक साता निषेधाज्ञा जारी गरिएको छ।
मंगलबार बसेको सर्वदलीय बैठकले भदौ ३ देखि भदौ १० सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए।
छिमेकी जिल्लाहरूबाट बिनाकाम भित्रिनको संख्या बढिरहेको र जिल्लाबाहिरिने क्रम बढेपछि एक साता निषेधाज्ञा जारी गरिएको प्रजिअ पौडेलले बताए।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक हिँड्डुल गर्ने, भीडभाड गर्नेलाई कारबाही गरिने प्रशासनले जनाएको छ।
यस अवधिमा अत्यावश्यकबाहेकका सवारीसाधन चल्न पाउने छैनन्। यस्तै, तिजको बेला अनावश्यक भिडभाड नगर्न, आ–आफ्नो घरमा परिवारसँग मात्र चाडपर्व मनाउन प्रशासनले आग्रह गरेको छ।