मदाने गाउँपालिकाले दियो १५ दिनको अल्टिमेटम

0
973

भदौ २,२०७७ गुल्मी : मदाने गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
गाउँपालिकाले मंगलबार वडा नं २ बाँझकटेरी र वडा नं ३ सिर्सेनीका पसलहरुमा अनुगमन गरेको हो । गाउँपालिकाकी उपाध्यक्ष सरीता खडकाको नेतृत्वमा गरिएको बजार अनुगमनमा म्याद नाघेका खाद्यबस्तुहरु बिक्री बितरण , दर्ता नगरी पसलहरु संचालन , नबिकरण नगरेको र तौल गर्ने ढकको ठाँउमा ढुंगाको प्रयोग गरेको पाइएको उपाध्यक्ष खडकाले जानकारी दिइन् ।
सुधार गर्नका लागि १५ दिनको अल्टिमेटम
बजार अनुगमनका क्रममा पसलहरुमा देखिएका कमजोरीहरुलाई सुधार गर्नका लागि गाउँपालिकाले १५ दिनको अल्टिमेटम दिएको छ । १५ दिन भित्र दर्ता , नबिकरण , मूल्य सूचि , पसलको बोर्ड र ढकको स्थानमा ढुंगा प्रयोग गरिएकाले सुधार गर्नका लागि समय दिइएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।


उपभोक्ताहरुलाई म्याद गएका सामग्रीहरु बितरण गर्ने र स्वास्थ्य माथी खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै यदि कसैले त्यस्तो गरे गाउँपालिकाले कानून अनुसारको कारवाही गरेरै छाड्ने पोखरेलले दाबी गरे ।
म्याद गएका सामग्रीहरुलाई जफत गरी नष्ट गर्ने गाउँपालिकाले जनाएको छ ।

SHARE