गाउँपालिकामा झण्डा र अण्डा कार्यक्रम

0
1012

 

 

तिलाचन पाण्डे
असोज ७ , २०७६ गुल्मी ः गुल्मी जिल्लाको मालिका गाउँपालिकाले गर्भबती महिलाहरुको घरमा झण्डा र अण्डाको कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
गाउँपालिकाले आफनै सभाहलमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी गर्भवती महिलाहरुको घरमा हरियो झण्डा राख्ने र गर्भवती भएकी महिलाले चौथो पटक स्वास्थ्य संस्थामा चेकजाँच गर्न आउने महिलाहरुको लागि एक क्यारेट अण्डा उपलब्ध गराउने कार्यक्रम सुरु गरेको उक्त गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
गर्भबती भएका महिलाहरुको घर पहिचानका लागि घरमा हरियो झण्डा राख्ने र शुन्य होम डेलिबरी बनाउनका निम्ति यस्तो अभियान संचालन गरिएको गाउँपालिकाका प्रबत्ता शोभाखर गिरीले जानकारी दिए । यस्तै गाउँपालिकाले गर्भबती महिलाहरुको घरदेखी स्वास्थ्य संस्थासम्म जानका लागि र स्वास्थ्य संस्थादेखि घरसम्म जानका लागि निशुल्क रुपमा ५ वटा एम्बुलेन्सको समेत ब्यबस्था गरेको जानकारी दिएको छ ।

 


यस्तै गाउँपालिकामा धेरै स्थानहरुमा चट्याङ पर्ने गरेको पाइएको भन्दै यसलाई न्यूनीकरण गर्नका लागि भन्दै यस आर्थिक बर्षमा स्थानहरु पहिचान गरी अर्थिङको ब्यबस्था गर्नका लागि प्रारम्भिक चरणमा ५ लाख रुपैयाँ बिनीयोजन गरीएको गाउँपालिकाले जनाएको छ ।
पछिल्लो समयमा युवाहरुलाई स्बदेसमानै स्वरोजगार बनाउन र कृषि संगै उत्पादनमा जोड दिई ब्यबसायीक बनाउनका लागि गाउँपालिकाले प्राथमिकताका साथ राखेको र त्यसकिा लागि १५ लाख रुपैयाँ बिनीयोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए । केही हप्ता पहिले गाउँपालिकाका युवाहरुलाई पालिकामा बोलाई युवाहरुलाई स्वरोजगार बनाउनका निम्ति गाउँपालिकाले के गर्न सकेमा राम्रो र फलदायी हुन्छ भन्दै युवाहरुसंग पनि अन्र्तक्रिया कार्यक्रम गरेको गाउँपालिकाका प्रमुख रित बहादुर थापाले जानकारी दिए । उत्पादनमा जोड दिई उत्पादनमा आधारित अनुदानको कार्यक्रमलाई पनि प्रभाबकारी बनाउने भन्दै सिमलटारीमा कृषि तथा फलपुल हाटबजार केन्द्रको समेत स्थापना गर्न लागेको पालिकाले जनाएको छ ।

सूचना अधिकारीलाई अपडेट गराइने

पछिल्लो समयमा गाउँपालिकामा तोकीएका सूचना अधिकारीहरु नामका मात्रै भएको सन्र्दभमा सूचना अधिकरीलाई गाउँपालिकाका गतिबिधिहरुमा उपडेट गराउनका लागि कार्यपालिकाको बैठकमा समेत उपस्थित गराउन लागेको गाउँपालिकाका प्रमुख रित बहादुर थापाले बताए । थापाका अनुसार पालिकामा भएका गतिबिधीहरुको बारेमा र कार्यपालिकाको बैठकमा भएका निर्णणहरुको बारेमा सूचना अधिकारीहरुलाई उपडेट गराउनका लागि र जनतालाई सुचनाको अधिकारबाट बञ्चित नगराउनका लागि सूचना अधिकारीलाई पनि कार्यपालिकाको बैठकमा समाबेश गर्ने गरेको गाउँपालिकाले दाबी गरेको छ ।
यस्तै गाउँपालिकाले यस आर्थिक बर्षमा संचालन गर्ने योजनाहरु र अघिल्लो आर्थिक बर्षमा संचालन भएका योजनाहरुको समेत समिक्षा गरेको हो । गाउँपालिकाले न्यून जनशक्ति , भौगोलिक बिकटता , समयमै बिकास निर्माणका कार्यहरु निर्माण ब्यबसायीहरुले सम्पन्न नगर्नु , नागरिकको चेतनाको स्तर कमजोर रहेको र गरिबीका ब्यापकताका हुनु गाउँपालिकाको समस्या रहेको जनाएको छ ।

SHARE