हालसम्मकै धेरै एक हजार १६ जनामा संक्रमण पुष्टि

0
515

भदौ २, २०७७ काठमाडौं : नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन्।

गत माघमा चीनबाट फर्किएका पहिलो संक्रमित भेटिए यताकै सबैभन्दा धेरै एकै दिन एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संख्या नेपालमा एकै दिन भेटिएको अहिलेसम्मकै सर्वाधिक हो।
प्रवक्ता गौतमका अुनसार पछिल्लो २४ घण्टामा देशभर ७ जनाले ज्यान गुमाएका छन्।

SHARE