कांग्रेसले गुल्मीका पहिरो पीडितका लागि पठायो एक लाख ५० हजार रुपैयाँ

0
512
फाइल फोटो

भदौ २, २०७७ काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रिय समितिले बाढी पहिरोमा उद्धार र राहतका लागि प्रथम चरणमा ३० जिल्लामा ४५ लाख रुपैयाँ सहयोग पठाएको छ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका नाममा ३० जिल्लामा एक लाख ५० हजारका दरले सहयोग पठाइएको हो।

‘कांग्रेसले हरेक मानवीय पीडामा मल्हम लगाउन सदैव अग्रपंक्तिमा काम गर्दै आएको छ, विज्ञप्तिमा भनिएको छ, ‘यसक्रममा बाढी पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्धार र राहतको जिल्ला स्तरिय अभियानलाई बल पुर्‍याउन ‘स्नेहको सानो सहयोग’का रुपमा उक्त रकम पठाइएको छ।

SHARE