गुल्मीमा वडा तथा पालिका सिल गर्ने अधिकार स्थानीय तहलाई

0
1022

भदौ २,२०७७ गुल्मी : गुल्मीमा वडा तथा स्थानीय तह सिल गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ ।

जिल्ला स्तरिय कोरोना रोकथाम तथा संकट ब्यबस्थापन केन्द्रको शनिबारको बैठकले कोरोना रोकथामका लागि वडा , पालिका तथा निश्चित क्षेत्र सिल गर्ने अधिकार स्थानीय तहलाई दिइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

जसका लागि जिल्ला स्तरिय कोरोना रोकथाम तथा संकट ब्यबस्थापन केन्द्रसंग समन्वय गरि निश्चित क्षेत्र , वडा र पालिका सिल गर्न सक्ने अधिकार स्थानीय तहलाई दिइएको छ ।

यस्तै बैठकले स्थानीय तहमा रहेका जेष्ठ नागरिक र नियमित रुपमा औषधी सेवन गर्नेहरुको पहिचान गरि औषधीको ब्यबस्थापन गर्नका लागि स्थानीय तहहरुलाई आग्रह गरेको छ । जेष्ठ नागरिक तथा दीर्घरोगीहरुलाई अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्न पनि सुझाब दिएको छ ।

यस्तै बैठकले २ वटा निर्वाचन क्षेत्रमा एक एक वटाका दरले शबबाहन खरिद गर्ने निर्णय समेत गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । जसका लागि सम्बन्धित स्थानीय तहहरुले समन्वय गरि खरिद प्रक्रिया अगाडी बढाउने शर्माले जनाकारी दिए ।

जिल्लाका प्रत्येक स्थानीय तहहरुले भिटिएमको ब्यबस्था गरि बढी भिडभाड हुने क्षेत्रमा प्रतिनिधिमुलक नमूना संकलन ( रेन्डम स्याम्पलिङ )गरी परीक्षण गर्ने निर्णय समेत गरेको छ ।  गुल्मीमा हालसम्म ३६९ जना कोरोना संक्रमितहरु मध्ये ३६४ जना निको भएर घर फर्किएका छन् । २ जनाको स्थानीय तहहरुले निर्माण गरेको आइसोलेशनमा राखेर उपचार गरीएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा कोरोनाका संक्रमणबाट तीन जनाको ज्यान गइसकेको छ ।

SHARE