बर्दियाका थप १० जनामा कोरोना संक्रमण पुष्टि

0
467

भदौ १, २०७७ बर्दिया : सोमबार बर्दियामा थप १० जना कोरोना संक्रमित भेटिएका छन्।

ठाकुरबाबा नगरपालिकाका ४ जना, गुलरिया नगरपालिकाका २ जना, गेरुवा गाँउपालिकाका २ जना र बारबर्दिया नगरपालकाका २ जना गरी १० जना संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले जानकारी दिए।

जसमध्ये एकजना सुर्खेत घर भएका कर्मचारीसमेत रहेका छन्। भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन्।

SHARE