
भदौ १,२०७७ गुल्मी : मालिका गाउँपालिकाले हरितालिका तिज र पंचमीमा नाचगान गर्नमा रोक लगाएको छ ।
गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले एक सूचना जारी गर्दै कोरोना माहामारीका कारण हरितालिका तिज र पंचमीमा नाचगान तथा भिडभाड नगर्नका लागि गाउँवासीहरुलाई आग्रह गरेका छन् ।
यदि कसैले गाउँपालिकाको सूचनालाई अबज्ञा गरेमा कानून अनुसार कारवाही गरेरै छाड्ने गाउँपालिकाले चेतावनी दिएको छ ।










