गुल्मीदरवारमा स्वास्थ्य स्वयम् सेविकाहरुलाइ परिचय पत्र प्रदान

0
1167

रामकृष्ण कडेल

साउन ३२ , २०७७ गुल्मी : गुल्मीदरबार गाउपालिका वडा नम्बर ७ दरबार देबिस्थान स्वास्थ्य चौकी अन्तरगतका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाइ लाई आइतवार एक औपचारिक कार्यक्रमका विच परिचय पत्र वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्याल बाट १२ वटै महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई परिचय पत्र प्रदान गरिएको छ परिचय पत्र प्रदान गर्दै प्रमुख अतिथि अर्यालले सम्पुर्ण महिला स्वास्थ्य स्वयम् सेविकाहरु र स्वास्थ्यकर्मीहरुको सक्रियतामा गुल्मी दरबार गाउपालिकामा गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा नविनतम कार्यक्रम गर्न सफल भएको स्मरण गराउदै स्वास्थ्य क्षेत्रमा नमुना गाउपालिका बनाउने उध्येश्यका साथ गत वर्षमा जस्तै यस बर्ष पनि कस्तो छ आमा भन्ने कार्यक्रम शुरु गर्न लागिएको बताए ।
साथै स्वास्थ्य अधिकृत अर्यालले गुल्मीदरबार गाउपालिका भित्रका ८३ वटै महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई परिचय पत्र वितरण को लागि स्वास्थ्य चौकी प्रमुख हरुलाइ जिम्मा दिइसकिएको बताए ।

उक्त कार्यक्रम सङ्गै प्रत्येक महिनाको मसान्तमा हुने मासिक समिक्षा बैठकको अवसरमा प्रमुख अतिथि , स्वास्थ्य चौकीका कर्मचारी र महिला स्वास्थ्य स्वयम् सेविकाहरु विच हरितालिका तिज २०७७ को शुभकामना पनि आदानप्रदान गरिएको छ ।
स्वास्थ्य चौकीकी निमित्त प्रमुख सिनियर अनमी निरीक्षक जुनाकला बस्नेतको अध्यक्षता , अनमी सुमन पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन अहेव रामकृष्ण कंडेलले गरेका थिए ।

SHARE