दाङमा आठ दिन निषेधाज्ञा

0
421

साउन ३१, २०७७ दाङ : कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ देखि ८ सम्म रातको समय निषेधाज्ञा गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म निशेषज्ञा जारी गर्ने निर्णय गरेको हो। बैठकले रातको समयमा बजार, यातायात, हिँड्डुलमा समेत पूर्णरुपले बन्देज गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्बर, नेपाल पत्रकार महासंघलगायत संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा भएको बैठकले उक्त निर्णय गरेको हो।

SHARE